वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्योदय वोमी लघुवित्तको एफपीओमा ५१० गुणा बढी आवेदन

अर्थलगानी
२०८१ श्रावण ९, बुधबार

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा माग भन्दा ५ सय गुणा बढी आवेदन परेको छ। साउन ८ गते साझ ५ बजेसम्म कम्पनीको एफपिओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन परेको हो।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएका छन् । कम्पनीले निष्कासन गरेको सेयरमा माग भन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ गतेदेखि ४६ हजार ७२९ कित्ता निष्कासन गरेको थिए । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

यो एफपीओ १०१० कित्ताका दरले ४ हजार ६७३ जनाले पाँउछन् । हालसम्म आवेदन दिनेको संख्याका आधारमा विश्लेषण गर्दा ३५५ जना आवेदक मध्ये १ जना आवेदकले सेयर पाउने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी