काठमाडौँ ।आइपीओ निष्कासनको तयारीमा रहेको भूगर्भ सिमेन्टले ११ महिनामा १.५ अर्बको व्यापा गरेको छ । कम्पनिले सन् २०२३÷२०२४ को ११ महिनामा १ अर्ब ४३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै दैनिक ७ सय टन सिमेन्ट र ३ सय टन क्लिंकर उत्पादन गर्ने क्षमता उक्त कम्पनिको रहेको छ।
सन् २०२२÷२०२३ मा कम्पनीले १ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। यसअघि, सन् २०२१÷२०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ र सन् २०२०(२०२१ मा १ अर्ब ४२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीको विशेष साधारण सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव गरेको थियो र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको समेत छ।
केयर रेटिङ्स नेपालले भूगर्भ सिमेन्टलाई एनपी बी इसुअर रेटिङ दिएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि एनपी बी र अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।
२०८० असार ७ गते स्थापना भएको कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिका(०६ मा सिमेन्ट कारखाना सञ्चालन गर्दैछ। साथै, अर्घाखाँचीको नरपानीरखाचीकोटमा चुनढुङ्गा खानी अधिग्रहण गरेको छ।
प्रतिक्रिया