काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १,४५० प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा १६ लाख ७६ हजार रुपैयाँ थियो।
कम्पनीको खुद ब्याज आम्दानी ४८ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ५ करोड ६० लाख २५ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ र सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ रहेको छ।
कम्पनीको खराब कर्जा ३.९० प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा आएको छ। जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ छ, र कम्पनीले १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ सापटि र ३४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गर्दै १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिसेयर आम्दानी २५.६१ रुपैयाँ पुगेको छ, भने प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ रहेको छ। कम्पनीको चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया