नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेर २० मिनेटका लागि सेयर कारोबार स्थगित भएको छ। नेप्से सूचक १०२.६८ विन्दुले बढेर २६७०.८२ अंकमा पुगेको छ।
मौद्रिक नीतिमा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज र ब्याजदर घटाउने व्यवस्थाले लगानीकर्तामा उत्साह छाएको छ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढेमा २० मिनेटको ब्रेक लाग्छ। दुई घण्टा नबित्दै ५ प्रतिशतले बढेमा ४० मिनेटको ब्रेक लाग्छ। जुनसुकै समयमा ६ प्रतिशतले बढेमा सो दिनका लागि कारोबार बन्द हुन्छ।
प्रतिक्रिया