काठमाडौँ । शेयरबजार ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ। मौद्रिक नीतिले लगानीकर्तामा उत्साहको माहोल सिर्जना गर्दा बजारमा हरियाली छाएको हो।
साताको पहिलो दिन नेप्से परिसूचक १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो। त्यसपछि पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लाग्यो। नेप्से १२५।३२ अंकले बढेर २६९३।४६ बिन्दुमा पुगेको छ।
बजारमा एक घण्टा अघि ४ प्रतिशतले बढ्दा २० मिनेटको ब्रेक लाग्छ, दुई घण्टा अघि ५ प्रतिशतले बढ्दा ४० मिनेटको ब्रेक लाग्छ, र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ।
प्रतिक्रिया