वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौद्रिक नीतिले बैंकिंग समूहमा उछाल, दोहोरो सर्किट ब्रेक

अर्थलगानी
२०८१ श्रावण १३, आईतवार

काठमाडौँ । मौद्रिक नीतिले बैंकहरूको शेयर मूल्यमा ठूलो उछाल ल्याएको छ। आइतबार बैंकिङ समूहमा व्यापक तेजी आएको छ, जसका कारण दुई पटक नेप्सेमा सर्किट ब्रेकर लाग्यो।

नयाँ मौद्रिक नीतिले बैंकहरूको पुँजीको सहक अन्त्य गर्न प्रोत्साहन गर्दै पुँजीकोषका नयाँ उपकरण प्रयोग गर्न सक्षम बनाएको छ। कर्जा खरिदबिक्रीको जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन र रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा २ करोडबाट २ करोड ५० लाख रुपैयाँमा वृद्धि गरिएको छ।

बैंकको मुनाफा वृद्धिमा सहयोग पुग्ने नीतिले आइतबार बैंकिङ समूहमा उत्साह ल्याएको छ। संस्थागत लगानीकर्ताका लागि १२ करोडको क्याप हटाइएकोले पनि बैंकिङ समूहमा लगानी बढेको छ।

बैंकहरूको शेयरको माग अत्याधिक बढेको र मुनाफा राम्रो हुने अपेक्षाले शेयर मूल्यमा उच्च वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि बैंकहरूको सेयर मूल्यमा यो उछाल देखिएको हो।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी