वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट, यस्ता छन् अन्य सूचकहरु

अर्थलगानी
२०८१ श्रावण १६, बुधबार

काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनीक वित्तिय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ। सञ्चालन मुनाफामा कमि, खराब कर्जा अनुपातमा वृद्धि, कर्मचारी खर्चको वृद्धि, आर्थिक मन्दी आदि कारण नाफामा प्रभाव परेको सार्वजनीक वित्तीय विवरणले दर्शाउँछ।

यस्तो छ वित्तीय अवस्थाः

खुद नाफाःसंस्थाले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४ करोड ८६ लाख रुपैयाँको तुलनामा ७१।२६ प्रतिशतले घटेको छ।

खुद ब्याज आम्दानीः संस्थाको खुद ब्याज आम्दानी १२ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ११ करोड ९५ लाख रुपैयाँको तुलनामा ३.५७ प्रतिशतले वृद्धि भएको हो।

सञ्चालन मुनाफाः समीक्षा अवधिमा सञ्चालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। संस्थाले सम्भावित घाटाका लागि १७ करोड ६४ लाख रुपैयाँ छुट्टाएको छ, जुन अघिल्लो वर्षको ५ करोड ५४ लाख रुपैयाँको तुलनामा धेरै हो।
अन्य सञ्चालन आम्दानीः १ करोड ८४ लाख रुपैयाँ रहेको छ।

खर्च र रिजर्भ

कर्मचारी खर्चः १७.६५ प्रतिशतले बढेर ४ करोड ७ लाख पुगेको छ।
अन्य सञ्चालन खर्चः १६.५६ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।
रिजर्भको आकारः६.५० प्रतिशतले घटेर १९ करोड ८७ लाख रुपैयाँमा पुगेको छ।

कर्जा र निक्षेप
निक्षेप संलकनः ८६ करोड १५ लाख रुपैयाँ।
कर्जा प्रवाहः १ अर्ब ४७ करोड रुपैयाँ।

खराब कर्जा अनुपात

संस्थाको खराब कर्जा अनुपात ७.५८ प्रतिशतबाट १३.२२ प्रतिशतमा वृद्धि भएको छ, जसले संस्थाको वित्तीय स्वास्थ्यमा दबाब परेको संकेत गर्दछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी