काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ुनेशनल लाइफ गाला कन्सर्टु सम्पन्न गरेको छ। २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अन्तर्गत उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु, कम्पनीका उप-प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु, र शाखा प्रमुखहरुको सहभागितामा काठमाडौँको सोल्टी होटलमा करिब ३०० जनाको उपस्थितिमा नेशनल लाइफ गाला कन्सर्टु सम्पन्न गरेको हो।
कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित सन्दिप क्षेत्रीको प्रहसन, गायक प्रमोद खरेल, गायिका मेलिना राई, र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुति रहेको थियो। डिजे नानीको डीजे प्रस्तुतीमा सहभागीहरुले मनोरञ्जन लिएका थिए।
उप कार्यकारी अधिकृतले नेशनल लाइफले सदा झैँ अभिकर्ताहरुको चाहनालाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको बताए। उनले योजनालाई देशभरका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको र कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए।
प्रतिक्रिया