वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपालगञ्जमा बीमा जागरण कार्यक्रम सम्पन्न

अर्थलगानी
२०८१ श्रावण १६, बुधबार

काठमाडौँ ।लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगरपालिकामा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ। साउन १५ गते नेपालगञ्जको सुनाखरी रेष्टुरेन्टमा आयोजित कार्यक्रम जिल्ला सहकारी संघ बाँकेसँगको सहकार्यमा भएको हो।

कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीलाई लघु बीमाको अवधारणा, फाइदा, र सहकारी सदस्यको बीमा सुरक्षण प्रक्रियाबारे जानकारी दिइयो। कार्यक्रममा बाँकेका ७० सहकारीका १३२ जनाको सहभागिता थियो। कार्यक्रमको सहजीकरण लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थी र नेपालगञ्ज शाखाका प्रबन्धक दिपा विनाडीले गरे।

कम्पनीले सहकारी संस्थाका लागि उपयुक्त ‘समृद्ध कवच’, ‘सामूहिक म्यादी जीवन बीमा’, ‘ग्रामीण म्यादी जीवन बीमा’, र ‘समृद्ध भविष्य बीमा’ जस्ता योजनाहरू जारी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी