काठमाडौँ । नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले पूँजी बजारलाई चुस्त र पारदर्शी बनाउनका लागि सुधारको माग गरेका छन्।
संघटनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपालको पूँजी बजारको आकार बढ्दै गइरहेको छ र यसको क्षेत्र विस्तार गर्न सकिने सम्भावनाहरू छन्। यसले अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छ। छरिएर रहेको पूँजीलाई एकत्रित गरी ‘नेपालको लागि नेपालीकै लगानी’ भन्ने अवधारणामा समेत योगदान पुग्न सक्छ।”
विज्ञप्तिमा नेप्सेको प्रणालीलाई बलियो बनाउने, दैनिक कारोबार रकमको वृद्धि र नेपाल स्टक एक्सचेन्जको व्यवस्थापन सुधार गर्ने माग गरिएको छ। धितोपत्र बोर्डमा नेतृत्वको अभावले प्राथमिक सेयर निष्कासन प्रक्रियामा ढिलाइ भइरहेकोमा छिटो स्वीकृत दिने आग्रह पनि गरिएको छ।
पुरा हेर्नुहोस्:
प्रतिक्रिया