काठमाडौँ। समाज लघुवित्त वित्तीय संस्थाको नाफा ३२।३४ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७५ लाख ८२ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर दुई करोड २ लाख ६४ हजार रुपैयाँ पुगेको छ। तर, अन्य सञ्चालन आम्दानी ३।१२ प्रतिशत घटेर ६० लाख २२ हजार रुपैयाँमा सीमित भएको छ। कुल सञ्चालन आम्दानी २।२७ प्रतिशतले बढेर २ करोड ६९ लाख ४२ हजार रुपैयाँ पुगेको छ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.७८ प्रतिशतबाट बढेर ४.८२ प्रतिशतमा पुगेको छ। प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तले २४ करोड ६५ लाख रुपैयाँ सापटी र १६ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्ता पूँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया