काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ कार्यक्रम २०८०र८१ को उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गर्दै सम्पन्न गरेको छ। कार्यक्रम २०२४ सालको साउन २० गते सोल्टी होटलमा आयोजना गरिएको हो।
कम्पनीले देशभरका विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरेका तीन सय एजेन्सीहरुलाई अवार्ड प्रदान गरेको छ। व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न सफल गेल्मु लामा र टिम बिजनेशबाट सर्बोत्कृष्ट नगेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको छ।
आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कबि फुयालले अभिकर्ताहरूसँगको कडा मिहिनेत र व्यवसायका कारण कम्पनीको वित्तीय स्थिति बलियो बनेको बताए। आइएमई समुहका संस्थापक हेमराज ढकालले नेपाली बीमा क्षेत्रलाई प्राथमिक रोजाई बनाउन आइएमई लाइफ तयार रहेको बताएका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका तीन सय एजेन्सी, सञ्चालक समिति अध्यक्ष, ब्राण्ड एम्बेस्डर दिपक राज गिरी र दिपा श्री निरौला, र अन्य प्रमुख व्यक्तिहरूको उपस्थिती रहेको थियो।
प्रतिक्रिया