वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनिक नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

अर्थलगानी
२०८१ श्रावण २४, बिहीबार

काठमाडौं । युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको भन्दा २२.८८ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो।

सञ्चालन आम्दानी ८१.४५ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको र इम्पेयरमेन्ट चार्ज ९ करोड ५९ लाख रुपैयाँबाट घटेर १ करोड १६ लाख रुपैयाँमा झरेको कारणले नाफामा वृद्धि भएको हो। यद्यपि, खुद ब्याज आम्दानी ६.५६ प्रतिशतले घटेर २५ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस अवधिमा २६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी थियो।

असार मसान्तसम्म चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ र रिजर्भ कोषमा १९ करोड ५५ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०१ पैसा बढेर ३२ रुपैयाँ २८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ३३४ रुपैयाँ ३८ पैसा छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी