काठमाण्डौ — कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको अर्थसमितिमा सेयर बजारबारे आफ्नो अभिव्यक्ति सच्याएका छन्। उनले सेयर बजार बढ्न नहुने धारणा व्यक्त नगरेको भन्दै आफ्नो भनाईलाई तोडमोड गरिएको दाबी गरेका छन्।
सेयर लगानीकर्ताहरु बीच्किएपछि, डा. महतले पुनः स्पष्ट गर्दै आफूले लगानीकर्ताको पक्षमा बोलेको र भविष्यमा पनि उनीहरूसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, उनले सेयर बजारमा स्वच्छ कारोबारको आवश्यकता औंल्याउँदै नियामक निकायले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए।
संसदमा मैले सेयर बजार बढ्न हुन्न भनेर भनेको होइन । केही संस्थाको सेयरमूल्य धेरै माथि पुगेकोले त्यो जस्टिफाई हुने आधार लगानीकर्ताले हेर्नुपर्छ मात्र भनेको हो । उनले भने ;बजारको नियामकले पनि स्वच्छ ढंगले कारोबार भएको छ कि छैन भन्ने विषय हेर्नुपर्छ । संसदमा उभिएर कुनै निकायको पक्ष वा विपक्ष तथा कुनै क्षेत्रको पनि पक्ष वा विपक्षमा बोल्ने हाम्रो काम होइन।
उनले भारतमा समेत सेयर बजारमा ठूलो चलखेलका विषय बेला बेला बाहिर आउने उल्लेख गर्दै नेपालमा पनि घोटाला हुँदै हुन्न भनेर बस्न नहुने दाबी गरे । यसकारण समेत धितोपत्र बोर्ड र अन्य निकायले स्वच्छ र स्वस्थ बजार निर्माणका लागि विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।
प्रतिक्रिया