काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमाससम्म १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.९० प्रतिशतले कम हो। अघिल्लो आ .व .मा कोषको खुद नाफा १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ थियो।
कोषले १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ५.२५ प्रतिशतले वृद्धि हो। आम्दानीमा ४४ करोड २५ लाख रुपैयाँ ब्याज, १ अर्ब ४१ करोड सेवा शुल्क तथा कमिसन, र ७ करोड ११ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी समावेश छन्।
कोषको कुल खर्च भने ५.०९ प्रतिशतले बढेर ४५ करोड ५० लाख रुपैयाँ पुगेको छ। कोषको कुल लगानी २ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ, जसमा मुद्धती निक्षेप, ऋणपत्र, समयकालिन कर्जा, सेयर, र सहायक कम्पनीमा लगानी गरिएको छ।
समीक्षा अवधिमा कोषको प्रतिसेयर आम्दानी २३.०३ रुपैयाँबाट घटेर २०.७५ रुपैयाँमा सीमित भएको हो । प्रतिसेयर नेटवर्थ भने १७१.४५ रुपैयाँ र लगानी प्रतिफल ८.२० प्रतिशत कायम भएको छ।
प्रतिक्रिया