काठमाडौं – लक्ष्मी सनराइज क्यापिटलले व्यवस्थापन गर्ने दुई म्युचुअल फन्ड योजनाका लागि लाभांश घोषणा गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले सनराइज फोकस्ड इक्विटी फन्डु र सनराइज फर्स्ट म्युचुअल फन्ड का लगानीकर्ताहरूका लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सनराइज फर्स्ट म्युचुअल फन्डु ले करसहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ भने ुसनराइज फोकस्ड इक्विटी फन्डु ले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। यद्यपि, लाभांश वितरणका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन।
प्रतिक्रिया