काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले भोलिदेखि १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले १५० प्रतिशत अर्थात् १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद निष्काशन गर्ने भएको हो ।
यसअन्तर्गत, कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरका १ करोड २० लाख कित्ता हकप्रद शेयरहरू प्रतिशेयर १०० रुपैयाँको अंकित मूल्यमा जारी गरेको छ। इच्छुक शेयरधनीहरूले भदौ १६ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।
यस हकप्रद निष्कासनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो, जसको आधारमा असार ३१ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीद गर्न पाउनेछन्। हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लिएको छ। साथै, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। यसका साथै, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइन प्लेटफर्मबाट पनि आवेदन दिन सकिन्छ।
कम्पनीको हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ुइक्राएनपी इस्यूअर रेटिङ बी माइनसु प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।
प्रतिक्रिया