वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गणपति लघुवित्तले कमायो ३ करोड नाफा

अर्थलगानी
२०८१ श्रावण २८, सोमबार

काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडल गत आर्थिक वर्षमा करिब तीन करोड नाफा कमाएको छ। लघुवित्तले सार्वजनीक गरेको असार मसान्तसम्ममको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।

विवरण अनुसार अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको लघुवित्तको खुद नाफा धनात्मक भएको हो। अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको यो वर्ष खुद नाफा २ करोड ९९ लाख रुपैयाँ भएको हो।

खुद ब्याज आम्दानी र इम्पेरमेन्ट चार्ज रिभर्स हुादा लघुवित्तको खुद नाफा धनात्मक भएको देखिन्छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.६७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत घटेको छ।

गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ५२ लाख रुपैयाँ रिभर्स भएको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १११.५९ गुणा रहेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी