वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, यस्तो रह्यो गत वर्षको वित्तीय अवस्था

अर्थलगानी
२०८१ श्रावण ३०, बुधबार

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा १४५.०४ प्रतिशतको वृद्धि भएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छहो। जुन अघिल्लो आवको सोही अवधिमा २० करोड ९९ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा १४.४३ प्रतिशतले वृद्धि हो। कम्पनीको कुल आम्दानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ, जबकि खुद दाबी भुक्तानी ४ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

कम्पनीको कुल खर्च ५ अर्ब ३९ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको तुलनामा १६.२२ प्रतिशतले बढी हो। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.२९ रुपैयाँमा पुगेको छ र प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी