काठमाडौँ— आइतबार नेप्से सूचक ३४.४७ अंकले घटेको छ । नेप्से सूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा बन्द भएको हो। ्बिहीबार ३ हजार बिन्दुमा रहेको नेप्से आइतबारको पहिलो सत्रमा वृद्धि देखिए पनि अन्तिम प्रहरमा सेलिङ प्रेसरका कारण करेक्सन देखिएको हो।
यस दिन २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ समूहका सूचक बढेका छन् भने ५ कम्पनी सकारात्मक सर्किटमा कारोबार भए।
यस दिन ३३० कम्पनीका ६ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्सले सबैभन्दा बढी ८२ करोड रुपैयाँको कारोबार गर्यो।
प्रतिक्रिया