काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यस सेयरको खरिदका लागि केवल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरुले बैंकको लाजिम्पाटस्थित सेयर शाखामा के कति दरमा खरिद गर्ने हो उल्लेख गर्दै आवेदन दिनुपर्नेछ।
सेयर खरिदका लागि आवेदन दिनको लागि तोकिएको समय ३५ दिन रहेको छ। यदि यस अवधिमा आवेदन नपरेमा, बैंकले अन्य व्यक्तिहरू र संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ
प्रतिक्रिया