काठमाडौँँ । सन नेपाल लाइफ इन्स्योरेन्सले गणेश चौलागाईलाई चिफ मार्केटिङ अफिसरमा नियुक्त गरेको छ। यसअघि आईएमई लाइफमा सहायक महाप्रबन्धक रहेका चौलागाईले हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफमा पनि अनुभव हासिल गरेका छन्।
सन नेपाल लाइफमा आफ्नो यात्रा सुरु गर्दै चौलागाईले डिजिटल बीमा कार्यक्रम अघि बढाउने र दीर्घकालीन रोगमा बीमा सेवा उपलब्ध गराउने उद्देश्य व्यक्त गरेका छन्। बीमा क्षेत्रमा एक दशकको अनुभव भएका चौलागाईको आगमनले कम्पनीलाई थप उर्जा दिने विश्वास गरिएको छ।
प्रतिक्रिया