काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले वृद्धि भएको छ । नेप्से परिसुचक ६.९० अंकले वृद्धि हुँदै १८३०.१६ विन्दुमा पुगेको हो। आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर कारोबार हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ।
एस दिन पाँचवटा समूहमा वृद्धि भएको छ भने आठ वटा समूहमा गिरावट आएको छ। निर्जीवन बीमा समूह ४.७८% जीवन बीमा समूह २.२८% र विकास बैंक समूह १.३२%ले वृद्धि गरेका छन्। आज एनएलजी इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको हो।
हिमालयन पावर पार्टनर, दोल्ती पावर, मितेरी डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरूको शेयरमूल्यमा आज कमी आएको छ।
प्रतिक्रिया