काठमाडौं । बुधबार नेपाली सेयर बजारमा नेप्से सूचक ९०.७३अंकले घटेको छ । नेप्से सुचक ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको हो ।
यस दिन बजारमा १२ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा सबै समूहका सूचक घटेका छन्भनेपाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ।
बजार ३ हजार अंकको मनोवैज्ञानिक तहमा पुगेपछि केही अस्थिर देखिएको छ। यस अघि ३ हजारको तहबाट घटेर पुनस् २७ सय विन्दुमा आएको नेप्से सोमबार एकै दिनमा १२७ अंकले बढेपछि पुनः २८ सयमाथि पुगेको थियो।
बुधबार ३२० कम्पनीका २ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। कारोबार रकममा नेपाल फाइनान्स पहिलो स्थानमा, एक्सेल डेभलपमेन्ट बैंक दोस्रो र हिमालयन रिइन्सुरेन्स तेस्रो स्थानमा रहेका छन्।
प्रतिक्रिया