काठमाडौं ।एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति तय भएको छ ।
एनआइसी एसिया क्यापिटलद्वारा सञ्चालित एनआइसी एसिया सेलेक्ट ३०, फ्लेक्सी क्याप फन्ड, ग्रोथ फन्ड, र ब्यालेन्स्ड फन्डको नगद लाभांश वितरणका लागि भदौ २८ गते बुक क्लोज मिति तय भएको हो।
भदौ २७ गतेसम्म कायम रहने इकाइधनीहरूले मात्र लाभांश दाबी गर्न सक्नेछन्। सेलेक्ट ३० ले करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डले १०.५० प्रतिशत, ग्रोथ फन्डले ९.५० प्रतिशत, र ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको हो
एनआइसी एसिया क्यापिटलका चार म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति तोकियो
२०८१ भाद्र २०, बिहीबार

प्रतिक्रिया