वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा गिरावट: नेप्से सूचक २६०० अंकमा झर्‍यो

अर्थलगानी
२०८१ भाद्र २४, सोमबार

काठमाडौं । सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । जसको कारण नेप्से सूचक ५५.८६ अंकले घटेर २६४६.०३ मा अडिएको हो। यस दिनको कारोबारमा ९ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । तर सबै समूहका सूचकहरू घटेका छन्। अघिल्लो दिन २७०० अंकको मनोवैज्ञानिक सीमा नजिक रहेपछि सोमबार नेप्से २६०० अंकमा झरेको हो।

सोमबारको कारोबारमा ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता सेयर किनबेच भयो। कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ।जसले ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्‍यो। यसैगरी हिमालयन रिइन्सुरेन्स र हाथवे इन्भेष्टमेन्ट नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी