एजेन्सी। एप्पलले बहुप्रतिक्षित आईफोन १६ सिरिज सार्वजनिक गरेको छ। अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजित इभेन्टमा “इट्स ग्लोटाइम” नाम दिइएको कार्यक्रममा आईफोन १६, १६ प्लस, १६ प्रो, र १६ प्रो म्याक्स मोडेलहरु सार्वजनिक गरिएका छन्। साथै, एप्पल वाच सिरिज-१०, वाच अल्ट्रा २, एयरपड-४, र एयरपड म्याक्स पनि लन्च गरियो।
यस नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित “एप्पल इन्टेलिजेन्स” नामक नयाँ प्रविधि थपिएको छ, जसलाई एप्पलका उच्च अधिकारीहरुले नयाँ यात्रा भनी प्रशंसा गरेका छन्। एप्पल इन्टेलिजेन्स बिटा भर्सनमा केही सीमित देशमा उपलब्ध हुनेछ।
आईफोन १६ सिरिजमा ६.१ देखि ६.९ इन्चसम्मका विभिन्न स्क्रिन साइजहरू, नयाँ एक्सन बटन, र अत्याधुनिक ए१८ चिपसेट समावेश गरिएको छ। आईफोन १६ प्रो म्याक्स अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आईफोन भएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया