काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०\८१ का लागि आफ्ना सेयरधनीहरूलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले यो प्रस्ताव स्वीकृत गरेको हो।
बैठकले हालको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
संस्थाले लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र राष्ट्र बैंकबाट निर्णय प्राप्त भएपश्चात् आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेस गर्ने जानकारी दिएको छ।
प्रतिक्रिया