काठमाडौँ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड–२ तर्फ ८ प्रतिशत र नबिल फ्लेक्सी क्याप फण्डतर्फ ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त प्रतिफलका लागि नबिल ब्यालेन्स्ड फण्ड–२ ले आगामी असोज ११ गते र नबिल फ्लेक्सी क्याप फण्डले भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।उक्त फन्डको कोष प्रवर्द्धकमा नबिल बैंक छ ।
प्रतिक्रिया