काठमाडौँ। नविल स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको भदौँ २५ गते बसेको सञ्चालक समितिको बैठकले आश्विन २० गते आइतबार रजिष्टर्ड कार्यालय, तीनधारा दरवारमार्ग काठमाडौंमा सभा आह्वान गरेको हो।
सभाले बार्षिक साधारणसभाका नियमिति कार्यक्रहरुका साथै १० प्रतिशत लाभांश पारित गर्ने छ।
सामान्य प्रस्तावहरु
–आ.व.२०८०–८१ सम्मको सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने ।
–लेखापरीक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व २०८०–८१ सम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्विकृत गर्ने ।
–सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रति शेयर ८ प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृत गर्ने
–आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने –कम्पनीको प्रवन्धपत्र र नियमावलीका विभिन्न प्रावधानहरुमा संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने
प्रतिक्रिया