काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले १ बराबर १.५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो। असार ३१ गतेसम्म कायम साविक शेयरधनीहरुले यसमा आवेदन दिएका दिएका थिए।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो शेयरमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट गरेको हो। बाँडफाँट नभएको बाँकी १७ लाख ५० हजार २४८ कित्ता शेयर भने अब लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने कम्पनीले जनाएो छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम असोज ४ गते शुक्रबारदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया