वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभांश प्रस्तावसहित अपि पावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

अर्थलगानी
२०८१ भाद्र ३१, सोमबार

काठमाडौँ। अपि पावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारणसभा मिति तय गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १ गते काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा गर्ने तय गरेको हो।

सभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । गत आवको वार्षिक, लेखापरीक्षक लगायतका अन्य वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै कर्जा अनुमोदन तथा आयोजनाहरू निर्माणको लागि थप कर्जा लिन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा १०० प्रतिशत शेयर स्वामित्व हुने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७) मे.वा निर्माण गर्ने विषय टुङ्ग्याउनेछ ।

त्यसैगरी दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना (२८.३) मे.वा निर्माण गर्ने, कम्पनीको बहुमत शेयर स्वामित्व रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा) को निर्माण अन्तिम चरणमा रहेकाले उक्त लगानीलाई अनुमोदन गर्ने र शेयरधनीहरूबाट १ महिला तथा १ स्वतन्त्र गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुक क्लोज गर्नेछ । यसका आधारमा असोज १५ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी