वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फ्ल्योर हिमालयनले हकप्रद निष्काशन गर्ने, प्रस्ताव पारित गर्न बोलायो एजीएम

अर्थलगानी
२०८१ भाद्र ३१, सोमबार

काठमाडौँ। फ्ल्योर हिमालयन लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले १ः५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको हो।

कम्पनीले असोज २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको पुल्चोकस्थित एलिस रेष्टुरेन्ट, कन्फरेन्स हलमा दिउँसो २ बजे बस्ने गरी सभा बोलाएको हो ।

सभाले अघिल्लो साधारण सभाबाट पारित १ः५ दरको हकप्रद शेयर निष्काशन निर्णय पुनः पारित गर्ने, निष्काशित हकप्रद पूर्ण रूपले नबिकेको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम बिक्री गर्न र हकप्रद सम्बन्धी थप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि टुङ्ग्याउने छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १३ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा असोज १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी