वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ आश्विन २, बुधबार

काठमाडौँ। नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २ गते अन्तिम दिन रहेको छ। असोज ३ गते अर्थात भोली संविधान दिवसको सार्वजनिक बिदा परेका कारण कम्पनीको बुकक्लोज अघिको अन्तिम कारोबार दिन आज हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले असोज १८ गते, याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी