काठमाडौं । फ्ल्योर हिमालयन लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। कम्पनीले अघिल्लो साधारण सभाबाट पारित १ः५ अनुपातको हकप्रद सेयर निष्कासनको निर्णय पुनः पारित गर्नका लागि २९औं वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभा असोज २१ गते सोमबार ललितपुरको पुल्चोकस्थित एलिस रेस्टुरेन्टको कन्फरेन्स हलमा दिउँसो २ बजे सुरु हुनेछ। सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र संस्थापक समूहका रिक्त सञ्चालक पदमा नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरीने कम्पनीले जनाएको छ ।
त्यसैगरी, सभाले कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय अनुसूचीहरू पारित गर्ने कार्यसूचीमा समावेश गरेकोछ।
प्रतिक्रिया