वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमद्वारा संविधान दिवसको अवसरमा विशेष अफर घोषणा

अर्थलगानी
२०८१ आश्विन २, बुधबार

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ। यो योजना आज बुधबार (असोज २)देखी असोज ४ गतेसम्म लागू हुनेछ।

टेलिकमले ४९ रुपैयाँमा १ दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेटको कल सुविधा उपलब्ध गराएको छ। त्यस्तै१११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटाको अफर समेत ल्याइएको हो

ग्राहकहरूले २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि प्राप्त गर्न सक्नेछन्।

यस्तै, ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक उपलब्ध हुनेछ जसमा प्रिपेड प्रयोगकर्ताहरूले २८ दिन र पोस्टपेड प्रयोगकर्ताहरूले ३० दिनको समयावधिमा ३० जीबी डाटा, ६०० मिनेटको अल नेट भ्वाइस सुविधा, र २०० एसएमएस सुविधा प्राप्त गर्नेछन्। पोस्टपेड ग्राहकहरूले भने यो शुल्क मासिक रेन्टल चार्जमै समावेश गर्न पाउने कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी