काठमाडौँ। नबिल बैंकले ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ। लिलामी ल्याएको यो संस्थापक शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले आवेदन दिन सक्ने बैंकले जनाएको हो।
यसका लागि न्यूनतम ३०७ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। असोज १६ सम्म आवेदन मिति तोकिएको सेयर लिलामी खरिद गर्न बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरीमा आवेदन बुझाउनुपर्नेछ।
प्रतिक्रिया