काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेले बिक्रि नभएको १७ लाख कित्ता बढी सेयर बोलकबोलमार्फत बिक्रिमा ल्याउने भएको छ। कम्पनीले आगामी असोज ११ गतेदेखि १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएको हो।
कम्पनीले असार ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ कित्ता सेयरबराबर नयाँ १.५ कित्ता ९(१ः१.५) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।
उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।
कम्पनीले असोज ११ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउन लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखा कार्यालयहरु,विर्तामोड, विरगञ्ज, हेटौडा, जावलाखेल,लेकसाइड,नेपालगञ्ज,सुर्खेत र धनगढीमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज २० गते रहेको छ ।
प्रतिक्रिया