वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मूल्यले तोड्यो रेकर्ड, प्रतितोला कति रुपैयाँमा हुदैँ छ कारोबार ?

अर्थलगानी
२०८१ आश्विन ६, आईतवार

काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

सुनको मूल्य एकैदिन प्रतितोला रु १७०० ले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र डलर दरमा भएको परिवर्तनका कारण आएको हो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएर रु १९२० मा कारोबार भइरहेको महासंघले जनाएको छ। सुन र चाँदी दुवैको मूल्य निरन्तर उकालो लागेपछि बजारमा लगानीकर्ताहरूको चासो पनि बढेको देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी