वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अम्बे मोबाइलको व्यापारमा गिरावट, २०२४ मा १ अर्ब १९ करोडको कारोबार

अर्थलगानी
२०८१ आश्विन ६, आईतवार

काठमाडौं । नेपालमा लाभा र बेन्को ब्राण्डको मोबाइल फोन वितरण गर्दै आएको अम्बे मोबाइल प्रालिको सन् २०२४ मा व्यापारमा गिरावट आएको छ। पछिल्ला केही वर्षहरुमा निरन्तर व्यापार वृद्धि गर्दै आएको कम्पनीले यो वर्ष भने १ अर्ब १९ करोड ३० लाख रुपैयाँको मात्र कारोबार गर्न सफल भएको हो।

कम्पनीले यसअघि सन् २०२० मा ७३ करोड २० लाख, सन् २०२१ मा १ अर्ब ६ करोड ८० लाख, सन् २०२२ मा १ अर्ब ३४ करोड २० लाख र सन् २०२३ मा १ अर्ब ३४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। तर सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा १ करोड ५० लाखले घटेर १ अर्ब १९ करोड ३० लाखमा सीमित रह्यो।

सन् २०१५ मा स्थापना भएको अम्बे मोबाइल प्रालि काठमाडौंमा केन्द्रीय कार्यालयसहित देशभर ४६ वटा रिटेल स्टोर र सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको छ। कम्पनी अम्बे ग्रुपको अंश भएकोले रियल स्टेउत्पादन र ट्रेडिङ क्षेत्रमा यसको लामो उपस्थिति छ।

अम्बे मोबाइलको ८३ प्रतिशत स्वामित्व शोभाकर न्यौपाने र १७ प्रतिशत पुर्ण भद्र पौड्यालसँग रहेको छ। व्यापारमा गिरावट आएपछि कम्पनीले ५८ करोड ३ लाख रुपैयाँको कर्जा सुविधाका लागि इक्रा नेपालसँग रेटिङ गराएको छ। इक्रा नेपालले दीर्घकालीन कर्जा सुविधाका लागि कम्पनीलाई ए फोर र अल्पकालीन कर्जा सुविधाका लागि पनि ए फोर रेटिङ दिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी