काठमाडौँ। भदौ महिनामा वाणिज्य बैंकहरुको कुल निक्षेप ७२ अर्बले बढ्दा कर्जा प्रवाह भने मात्रै ५२ अर्बले बढेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको निक्षेप भदौमा ७२ अर्ब ७१ करोडले बढ्दा हाल वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ५७ खर्ब ८८ अर्ब ५७ करोड पुगेको छ। यता कर्जा प्रवाह भने भदौमा मात्रै ५२ अर्ब ५० करोड बढ्दा बैंकहरुको कुल कर्जा ४६ खर्ब २५ अर्ब ६६ करोड पुगेको हो।
निक्षेप संकलनमा इन्भेष्टमेन्ट मेगा, एनएमबी र कुमारी बैंक अगाडी
भदौ महिनामा इन्भेष्टमेन्ट मेगा, एनएमबी र कुमारी बैंकले उल्लेख्य रुपमा निक्षेप संकलनमा वृद्धि गरेका छन्। एनआईएमबीले भदौमा १७ अर्ब निक्षेप बढाएको छ। त्यस्तै एनएमबीले १४ अर्ब र कुमारीले १२ अर्ब निक्षेप बढाएको छ।
त्यस्तै, एनआईसी एशिया बैंकको निक्षेपमा भने उल्लेख्य मात्रामा गिरावट आएको छ। भदौमा यो बैंकको ७ अर्ब निक्षेप कम भएको छ।
कुनको कति?
कर्जा प्रवाहमा एआइएमबी र ग्लोबल अगाडी
भदौ महिनामा सबैभन्दा बढी १७ अर्ब कर्जा प्रवाह बढ्दा एनआईएमबीको कुल कर्जा प्रवाह ३ खर्ब ४९ अर्ब ७१ करोड पुगेको छ। दोस्रोमा कर्जा प्रवाह बढी प्रवाह गर्नेमा ग्लोबल रहेको छ। यसले भदौमा कर्जा प्रवाह ९ अर्ब बढाएर ४ खर्ब ६ अर्ब पुर्याएको छ।
कुनको कति?
प्रतिक्रिया