वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से सूचकमा गिरावटस् बजार २४०० अंकको स्तरमा आईपुग्यो

अर्थलगानी
२०८१ आश्विन ८, मंगलवार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) इन्डेक्सले निरन्तर गिरावटको सामना गर्दै २४०० अंकको स्तरमा पुग्न पुगेको छ। मंगलबार नेप्से सूचक ५८.९३ अंकले घटेर २४७०.३९ अंकमा कायम भएको छ । जुन कारोबारको मात्रा ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रहेको छ।

पछिल्ला दिनमा बजारमा प्यानिक सेल कम हुँदै गएका छन्, तर कारोबार रकम भने गिरिरहेको छ। कारोबारको मात्रा दैनिक ३० अर्बको स्तरमा रहेको बेला अहिले ५ अर्ब हाराहारीमा झरेको छ।

आज ३०९ कम्पनीका १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ।आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको २ प्रतिशत, विकास बैंक समूहको ३.०३ प्रतिशत, फाइनान्स समूहको ४.६० प्रतिशत, होटल तथा पर्यटन समूहको २.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यस दिन एनएलजी इन्सुरेन्स १८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबारसँगै अग्रस्थानमा रहेको छ । त्यसपछि सानिमा रिलायन्स लाइफ इन्सुरेन्स र हिमालयन रिइन्सुरेन्सको स्थान रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी