वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमेन्ट र क्लिंकर निर्यातमा गिरावट, २०.४१ प्रतिशतले घट्यो

अर्थलगानी
२०८१ आश्विन ८, मंगलवार

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो दुई महिना, भदौ र असोजमा सिमेन्ट र क्लिंकरको निर्यात २०.४१ प्रतिशतले घटेको देखिएको छ। भन्सार विभागका अनुसार दुई महिनामा ३३ करोड ३१ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर भारततर्फ निर्यात भएको छ। जबकि गत वर्ष सोही अवधिमा यो रकम ४१ करोड ८५ लाख रुपैयाँ थियो।

यस अवधिमा ६ करोड रुपैयाँ बराबरको १० हजार ८३६ टन क्लिंकर र २७ अर्ब २३ करोड रुपैयाँ बराबरको एक लाख २२ हजार टन तयारी सिमेन्ट निर्यात भएको छ।

यस वर्ष अर्धप्रशोधित सिमेन्ट (क्लिंकर)को निर्यातमा गिरावट आएपछि समग्र सिमेन्ट निर्यातमा कमी आएको हो। नेपालबाट क्लिंकर आयात गरेर भारतीय ग्रान्डिङ युनिटले सिमेन्ट उत्पादन गर्दै आएका छन्, जसले निर्यातको संख्यामा प्रभाव पार्न थालेको छ।

नेपालबाट पाल्पा, सिजी पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सौर्य, बालाजी लगायतका सिमेन्ट उद्योगहरूले सिमावर्ती भारतीय बजारमा सिमेन्ट र क्लिंकर निर्यात गर्दै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी