काठमाडौँ । रिभर फल्स पावर लिमिटेडका सञ्चालक दिनेश गुरुले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले असोज ४ गते बसेको सञ्चालक समितिको बैठकमा राजीनामा बुझाएका हुन्।
कम्पनीको असोज ७ गतेको सञ्चालक समितिको बैठकले गुरुको राजीनामा स्वीकृत गरेको छ। रिक्त पदमा अमर गुरुलाई आगामी साधारण सभासम्मका लागि नयाँ सञ्चालकको रूपमा नियुक्त गरिएको छ।
रिभर फल्स पावरको नेतृत्वमा आएको यस परिवर्तनले कम्पनीको भावी योजनामा के असर पार्ला भन्ने कुरामा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ।
प्रतिक्रिया