वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली पूँजीबजारको अप्राकृतिक गिरावटप्रति लगानीकर्ताहरूको गम्भीर ध्यानाकर्षण, छानबिनको माग

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ । हालका केही दिनदेखि नेपालका पुँजी बजारमा देखिएको अप्राकृतिक गिरावटका कारण आम लगानीकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। चार प्रमुख लगानीकर्ता संगठनले एक विज्ञप्ति जारी गर्दै पुँजी बजार निरन्तर घट्नुका लागि कुनै ठोस तथ्यको आधार नभएको दाबी गरेका छन्।

लगानीकर्ता समूहहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र नेपाल स्टक एक्सचेन्जमा यस विषयमा गुनासो दर्ता गराइसकेका छन् र अब सम्बन्धित निकायबाट तत्काल छानबिनको माग गरेका छन्। उनीहरूले पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्न र आम लगानीकर्ताको अधिकारको संरक्षणका लागि नियमनकारी निकायहरूले तदारुकताका साथ पहल गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

साथै, विज्ञप्तिमा आम लगानीकर्ताहरूलाई सुझबुझका साथ कारोबार गर्न र बाह्य प्रभावमा नपर्न सुझाव दिइएको छ। पुँजी बजार सुधारका लागि एकजुट भएर अघि बढ्न पनि आग्रह गरिएको छ।

यस विज्ञप्तिमा जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की, सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी (जगतजङ्ग) ले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी