काठमाडौँ । साताको चौथो कारोबार दिनमा शेयर बजारले दोहोरो अंकको सुधार देखाएको छ। लगातार केही दिनको गिरावटपछि आज बजारले उत्साह देखाउँदै सकारात्मक ट्रेन्ड कायम गरेको हो। कारोबार सुरु भएदेखि नै नेप्सेमा हरियाली छाएको थियो जसले लगानीकर्ताहरूमा आशा जगाएको छ।
हिजो मंलबार २४०० बिन्दुसम्म खुम्चिएको नेप्से परिसूचक आज २५०० भन्दा माथि उक्लिएको छ। नियामक निकायहरूको सक्रियता र कम्पनीहरूको वित्तीय अवस्था, भावी योजना, र नेटवर्थ अध्ययनको सुझावले लगानीकर्ताहरूलाई थोरै भए पनि मनोबल बढाएको जानकारहरूले बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको छ। ३२७ कम्पनीका १ करोड २४ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार भएको हो।
उपसूचकहरूको हिसाबमा पनि सुधार देखिएको छ। विकास बैंक समूह २.७५ प्रतिशतले, वाणिज्य बैंक समूह १.८० प्रतिशतले, फाइनान्स समूह ३.८० प्रतिशतले र होटल तथा पर्यटन समूह ३.५० प्रतिशतले उक्लिएको छ।
प्रतिक्रिया