वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेठमा मात्रै ४ अर्ब ९६ करोड वैदेशिक लगानी प्रतिबद्धता

अर्थलगानी
२०८० असार २, शनिबार

काठमाडौँ। चालु आर्थिक वर्षको जेठ महिनामा ४ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांक अनुसार जेठ महिनामा ५७ वटा उद्योगमा २ हजार ५६९ जनालाई रोजगारी दिने प्रस्ताव सहित करिब ५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार जेठमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा २६‍.४५ प्रतिशत र सबैभन्दा कम पूर्वाधार तथा ऊर्जामा क्रमश: १.२ प्रतिशत, १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । कृषि र खनिजमा लगानी प्रतिबद्धता आएको छैन । जेठ महिनामा ५६ वटा साना र एउटा ठूला उद्योगमा लगानी प्रतिबद्धताा आएको हो ।

वैशाख महिनामा २८ वटा उद्योगमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । वैशाखमा साना उद्योगमा मात्रै लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २७४ वटा उद्योगमा ३४ अर्ब ५८ करो८ ४ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चालु आर्थिक वर्षको जेठ महिनामा ४ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांक अनुसार जेठ महिनामा ५७ वटा उद्योगमा २ हजार ५६९ जनालाई रोजगारी दिने प्रस्ताव सहित करिब ५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार जेठमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा २६‍.४५ प्रतिशत र सबैभन्दा कम पूर्वाधार तथा ऊर्जामा क्रमश: १.२ प्रतिशत, १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । कृषि र खनिजमा लगानी प्रतिबद्धता आएको छैन । जेठ महिनामा ५६ वटा साना र एउटा ठूला उद्योगमा लगानी प्रतिबद्धताा आएको हो । वैशाख महिनामा २८ वटा उद्योगमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । वैशाखमा साना उद्योगमा मात्रै लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २७४ वटा उद्योगमा ३४ अर्ब ५८ करो८ ४ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।