वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुक्तिनाथ क्यापिटलले पारित गर्याे लाभांश

अर्थलगानी
२०८१ आश्विन १३, आईतवार

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमीटेडले प्रस्तावित लाभांश पारित गरेको छ। क्यापिटलले आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतका दरले प्रताव गरेको लाभांश पारित गरेको हो।

काठमाण्डौको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा असोज ११ गते कम्पनीको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका अध्यक्ष शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले लेखापरिक्षकको प्रतिबेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व.२०८०–०८१ को नाफानोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ।

सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी