वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकले तय गर्याे बुक क्लोज मिति

अर्थलगानी
२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले आगामी १८ औं वार्षिक साधारण सभा तथा गत आवका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

बैंकले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी