काठमाडौँ। हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन्। उनले आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।
नवनियुक्त सिईओ श्रेष्ठको बीमाक्षेत्रमा २९ वर्षको अनुभव रहेकोछ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रासुरु भएको थियो। उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ । सिईओको रूपमा, उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ।
नियुक्तिको अवसरमा नवनियुक्त सीईओ अञ्जु श्रेष्ठले आफ्नो विचार राख्दै भने, “हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु। अबको मेरो भूमिकाभनेको नयाँप्रविधितथादिगो वृद्धिलाईप्रोत्साहनगर्दै ग्राहक–केन्द्रित समाधानहरूप्रदान गर्नेहुनेछ। मेरो लक्ष्यभनेको कम्पनीका सबै सदस्यमाजिम्मेवारीबोधको भावनासिर्जना गर्ने तथाकम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।”
कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले पनि आफ्नो विचार राख्दै भने, “हामीविश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमाक्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ।”
प्रतिक्रिया